Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा निषेधाज्ञामा कडाइ, पसल खुल्ने समय परिवर्तन, यातायात जोरविजोर

191371184_350682116420629-1628328865.jpg

मकवानपुर जिल्लामा जारी निषेधामा केही कडाई गरिएको छ । पसल खुल्ने समय घटाइएको छ भने सवारीका साधन जोर विजोर गरेर मात्र चलाउन पाइने छ । निषेधाज्ञालाई एक साताको लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरका पसल खुल्ने समयलाई केही घटाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।

प्रत्येक दिन बिहान ११ बजेसम्म खोलिँदै आएको खाद्यान्न तथा तरकारी पसल बिहान १० बजे सम्ममात्र खोल्न अनुमति दिइएको छ। अन्य व्यवसाय १२ बजेदेखि ४ बजेसम्म मात्र सञ्चालन अनुमति दिइएको छ। दिउसो खोल्ने व्यावसायहरु साँझ ६ बजेसम्म खुल्दै आएका थिए ।

प्रशासनले तोकिएका भन्दा बाहेकका व्यावसाय र होटलहरु पनि दुर्इ साता अघिदेखि सञ्चालनमा रहेका थिए । पछिल्लो समय बजारमा निकै भीड बढ्दै गएको छ । सार्वजनिक मानिसको जमघट हुने कार्यक्रमहरु पनि हुँदै आएका छन् । तर यसलाई प्रशासनले नियन्त्रण भने गर्न सकेको छैन । सवारी साधनमा जोर विजोर प्रणाली कायम गरिएको छ। आगामी २५ साउनबाट जिल्लामा चल्ने सबै खाले सार्वजनिक यातायात तथा निजी सवारीमा ज‍ोर बिजोर प्रणाली पुनः कायम भएको हो ।

प्रशासनले यसअघिको निर्णयलाई परिमार्जन गरेको मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले बताए । मकवानपुरमा कोरोनाको सक्रिय संक्रमितको दर बढ्दै गएकोले निषेधाज्ञा थप गर्दै पसल खोल्ने समय परिमार्जित गरेको प्रजिअ पाण्डेले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०