Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा दुई वटा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु,३ जना घाइते

accident-1617601577.jpg

 मकवानपुरको हेटौँडामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति पुर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० मेनरोड भुटनदेवी मन्दिर नजिकै बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रानाले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१० बस्ने १७ वर्षीय सगुन रुम्बा रहेका छन् ।दुर्घटना परी गम्भीर घाइते भएका उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।

त्यस्तै, सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा विज्ञान रुम्बा, विजल लामा र विक्रम लामा रहेका छन् ।

दुर्घटनामा घाइते भएका बिजल र विक्रको प्रहरीको निगरानिमा हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अर्का सामान्य घाइते विज्ञानलाई भने उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको जनाएको छ ।उक्त दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif