Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा थप ९० जनामा कोरोना पुष्टि

corona-photo-1621071946.jpg

 पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेहरुमा ४३ जना महिला र ४७ जना पुरुष रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् ।

संक्रमित हुनेहरुमा ६५ जना हेटौँडा उपमहानगरपालिकाका छन् भने थाहा नगरपालिकाको ११ पुरुष र ७ महिलासहित १८ जना, मनहरीको महिला र पुरुष १र१ जना, मकवानपुरगढीको १  पुरुष र २ महिला गरी ३ जना, भीमफेदीको १ जना पुरुष र बारा जिल्लाको १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०