Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि

covide-1-1622972324.jpg

 मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१ सय ५७ जनमा पिसिआर र ९० जनामा एन्टीजेन परीक्षणमा थप ८४ जनामा कोरोना पुष्टि भएको हो ।

आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी २९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका १६ जना,थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका भित्रका १२र१२ जना,बकैया गाउँपालिका भित्रका ११ जना,बागमती गाउँपालिका भित्रका २ जना तथा भीमफेदी र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ९ हजार ३ सय ३१ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif