Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप १ सय ३७ जनाले कोरोना जिते

covide-1622021440.jpg

पछिल्लो २४ घण्टामा मकवानपुरमा थप १ सय ३७ जनाले कोरोना जितेका छन् । बुधबार होमआइसोलेसनबाट १ सय २६ जना र आइसोलेसनबाट ११ जना गरी थप १ सय ३७ जनाले कोरोना जितेका हुन् ।

बुधबार कोरोना जित्नेमा हेटौंडा उपमहानगरपालिका भित्रका ८५ जना,मनहरी गाउँपालिकाका १८ जना,थाहा नगरपालिकाका १५ जना,मकवानपुगढी भित्रका ८ जना,भीमफेदीका ४ जना,बागमती र इन्द्रसरोबरका २र२ जना,कैलाश,बकैया र राक्सिराङ गाउँपालिकाका एकएक जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ४ सय ९९ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif