Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु

accident-new-1618994267.jpg

पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

बिरगंजबाट हेटौंडा हुँदै काठमाण्डौ जाँदै गरेको ना ३१ प ८४२७ नम्बरको ट्रकले सोही दिसाबाट चितवन जाँदै गरेको ना ३१ प ८४२७ नंबरको मोटरसाइकललाई मनहरी-९ खरङ्गामा ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्‍वर रिमालले जानकारी दिए ।

प्रवक्ता रिमालका अनुसार मृतकको पहिचान भएको छैन । घाईतलाई थप उपचारको लागि चुरेहिल अस्पताल लगिएको छ । ट्रक र ट्रक चालक प्रहरी नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif