Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा जंगली च्याउ खाँदा महिलाको मृत्यु

c-1622524699.jpg

मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली बिशालु च्याउको तरकारी खाँदा एक महिलाको ज्यान गएको छ । महिलाका श्रीमान र नातिनी बिरामी परेका छन् ।

स्थानीय स्वयम्सेवकको रुपमा काम गरिरहेको गैरसरकारी संस्था दीगो विकासका लागि एकता नेपालका फिल्ड संयोजक गोविन्द न्यौपानेले दिएको जानकारी अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका ७ बेसीटोलकी ५० बर्षीया चन्द्रमाया चेपाङ रहेकी छिन् । एकै भान्सामा खाना खाएका उनका श्रीमान चतुरमान र मामाघर आएकी नातिनी सजिता बिरामी छन् ।

 घटनाबारे ढिलो जानकारी आएकाले बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठले बताए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif