Wednesday, 26th August, 2026
वि.स.

कैलाश गाउँपालिकामा छोराको बन्चरो प्रहारबाट बाबुको मृत्यु

death-body-1619327843.jpg

 मकवानपुरको कैलाश गाउँपालिकामा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान कैलाश गाउँपालिका वडा नम्बर ३  मा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीका अनुसार, बन्चरो प्रहरीबाट स्थानीय ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको हो ।

बन्चरो प्रहारबाट सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले बन्चरो प्रहार गर्ने मृतकका छोरा ३० वर्षीय अन्जन सापकोटालाई पक्राउ गरेको छ । बन्चरो प्रहार गर्ने अन्जनलाई प्रहरी चौकी भार्ताको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

अन्जनले आफ्नो बाबुलाई के कारणले बन्चरो प्रहार गरेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif