Saturday, 15th August, 2026
वि.स.

मकवानपुरमा च्याउ खोज्न जाँदा खोलाले बगाएर बेपत्ता

drown-people-1629030448.jpg

मनहरी गाउँपालिकास्थित राप्ती खोलाले बगाएर एक पुरुष बेपत्ता भएका छन् । ३१ साउन विहान पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रमा च्याउ खोज्न गएका पाँच जनामध्ये राक्सिराङ गाउँपालिका वडा नं ३ लावती घर भएर मनहरी ८ सिमपानी बस्ने ४० वर्षीय हिरालाल वाइबालाई खोलाले बगाएको हो ।

मनहरी गाउँपालिका ९ स्थित स्वस्तिक क्रसर उद्योगभन्दा केही तलबाट खोला तर्ने क्रममा वाइबालाई बगाएको थियो । वाइबालाई बगाएपछि बाँकी चार जना घर फर्केर घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । 

नेपाली सेना, शसस्त्र प्रहरीको खोज तथा उद्धार टोली, नेपाल प्रहरीसहितले बेपत्ता वाइबाको खोजी कार्य तीव्र पारेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif