nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा गठन भयो अनलाईन मिडिया सञ्जाल 

मकवानपुरबाट सञ्चालनमा आएका अनलाईन मिडियाहरुको सञ्जालको रुपमा ‘अनलाईन मिडिया सञ्जाल मकवानपर’ गठन भएको छ । मंगलबार हेटौँडामा भएको अनलाइन मिडियाकर्मीको भेलाले खबरब्रेक डटकमका धर्मेन्द्र दाहालको संयोजकत्वमा १० सदस्यीय अनलाईन मिडिया सञ्जाल मकवानपुरको तदर्थ समिति गठन गरेको हो । सञ्जालको सदस्यहरुमा विकासखबर डटकमका सम्पादक सुरजकुमार भुजेल, विकासखबरका डेस्क सम्पादक रामकुमार कार्की, प्रष्टखबरका रुपेश दुलाल, भिमसेन पौडेल, हेटौँडा खबरका मनोज देबकोटा, रविन्द्र गौतम, दामन पोष्टका रुपक कालिाराज तथा खबरब्रेकका उज्जवल अधिकारी तथा मकवानपुरखबरका जिबराज बख्रेल रहेका छन् । 

भेलाले २०७४ साल बैशाख महिनामा मकवानपुरको अनलाईन मिडिया सम्मेलन गर्ने निर्णय समेत गरेको छ । अनलाईन मिडिया सञ्जाल मकवानपुरलाई आधिकारितकता प्रदान गर्न दर्ता प्रक्रिया गर्नुपर्ने भएकोले रुपेश दुलालको संयोकत्वमा ५ सदस्यीय विधान निर्माण समिति समेत निर्माण गरेको छ ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)