Monday, 24th August, 2026
वि.स.

मकवानपुरमा खैरो हेरोईनसहित २ जना पक्राऊ

hetauda-arrest-1623656168.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले खैरो हेरोईनसहित २ जनालाई पक्राऊ गरेको जनाएको छ ।

हिजो दिउँसो प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौडा– १० राममन्दिर मोड नजिकैबाट हेटौडा–१ का ३१ बर्षका हेमजंग बानियाँ र सोही स्थानका बर्ष ३४ का सुरेश परियारलाई १४ ग्राम खैरो हेरोईन सहित पक्राऊ गरिएको जनाएको छ ।

राममन्दिर मोडमा लागूपदार्थको किनबेच भईरहेको सूचना पाएपछि प्रहरी टोली सो स्थानमा पुगेको जनाएको छ । प्रहरीले खैरो हेरोईनसहित नगद ३ लाख ६८ हजार २ सय ५० रुपैयासमेत फेला पारेको जनाएको छ । लागूऔषध सहित नियन्त्रणमा उनीहरु उपर थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif