Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा कोरोना सङ्क्रमण दर बढ्दै

corona-virous-1618813931.jpg

मकवानपुरमा कोरोना भाइरसको सङ्क्रमण दर बढेको छ । आईतवार मकवानपुरमा २४ जनाको स्वाब परीक्षण गर्दा ७ जना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् । हेटौंडा–२ की ३७ वर्षीया महिला, हेटौंडा–३का २१ वर्षीय पुरुष,हेटौंडा–६ का ४८ वर्षीय पुरुष,हेटौंडा–८ का ५३ वर्षीय पुरुष, हेटौंडा–१० का २८ वर्षीय पुरुष, हेटौंडा–१२ का ३८ वर्षीय पुरुष र मनहरी–२ की ५३ वर्षीया महिला संक्रमण पुष्टि भएको हो । जसमा ५ जना पुरुष र २ जना महिला रहेका छन् ।

मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ३ हजार ९ सय २० पुगेको छ । मकवानपुरमा हालसम्म ३ हजार ८ सय ६२ जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा कोरोनाबाट ३२ जना ज्यान गएको छ ।

मकवानपुरमा हाल २६ जना संक्रिय संक्रमित रहेका छन् । उनिहरु होम आइसोलेसन घरमा उपचाररत रहेको र हालको स्वास्थ्य अवस्था सामान्य रहेको जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०