Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा कोरोनाबाट थप ३ जनाको मृत्यु

corona-death-1622965115.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हु्नेमा जिल्ला भित्रका २ जना र एक जना जिल्ला बाहिरका रहेका छन् ।

मृत्यु हुनेहरुमा मकवानपुरगढी-२ का ५० वर्षीय पुरुष,राक्सिराङ-१ का ८२ वर्षीय पुरुष र सलार्हीका ८६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय कार्यलय मकवानपुरले जनाएको छ । मकवानपुरगढी र सलार्हीको संक्रमितको शनिबान दिउँसो र राक्सिराङका एक संक्रमितको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । यो संगै कोरोनाबाट मकवानपुर भित्रका मृत्यु हुनेको संख्या १ सय ६ जना पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif