Thursday, 20th August, 2026
वि.स.

मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सर्वोत्कृष्ट प्रहरी घोषित

u-1606041364.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक शिवराज गुरुङ कार्तिक महिनाको बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी सहायक निरीक्षक गुरुङले मकवानपुर जिल्लामा भएका बिभिन्न घटनाहरुको अनुसन्धान, लागु औषधको बरामद तथा फरार प्रतिबादी पक्राउ गर्ने कार्यमा उत्कृष्ट कार्य सम्पादन गरेका थिए । सोहीका कार्यसम्पादनको मुल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले गुरुङलाई महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषण गर्दै नगद पुरस्कारद्धारा पुरस्कृत गरीएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रबक्ता प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले बताए । प्रहरी सहायक निरीक्षक गुरुङ सहित कार्तिक महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

प्रदेशभर कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले सर्वोत्कृष्ट प्रहरी घोषण गर्दै आएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif