Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा एक वर्षमा ६३ वटा मानवअधिकार उलङ्घनको घटना दर्ता

56-1610774318.jpg

गत जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् इन्सेक मकवानपुरका जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले जिल्लामा ५० जना महिला, १२ परुष र १ जना अन्य गरी ६३ जना पीडित भएको जानकारी दिएका छन् ।

अधिकारीका अनुसार १९ जना बालिका पीडित भएका मध्ये १२ जना बालिका बलात्कार, ६ जना यौन दूव्र्यवहार र १ जना नवजात शिशुको हत्या भएको जनाएका छन् ।

इन्सेक मकवानपुरका अनुसार एक वर्षको अवधिमा जिल्ला अदालत मकवानपुरमा दर्ता भएका मुद्दा मध्ये ५ वटाको मात्रै फैसला भएको बताइएको छ ।

गत वर्ष मकवानपुर जिल्लामा मानवअधिकार उलङ्घनका तथा ज्यादतीका घटनामा ४६ जना महिला, ५ जना पुरुषसहित ५१ जना र राज्यपक्षबाट ५३ जना पीडित भएका इन्सेक मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०