Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा एकैदिन ४ सय ३२ जनामा कोरोना संक्रमण

1610499426_corona-medicin-1627662669.jpg

मकवानपुरमा एकैदिन ४ सय ३२ जनामा कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पीसीआर र १ हजार १५ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामा सबैभन्दा बढी भीमफेदी गाउँपालिकाभित्रका छन् । भीमफेदीस्थित क्षेत्रीय कारागारभित्रका ३ सय ५५ जना कैदीबन्दीसहित ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाभित्र बसोबास गर्दै आएका ५७ जना, मनहरी गाउँपालिका ६ जना, मकवानपुरगढीका ३ जना, बकैया गाउँपालिकाका २ जना, थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाको १/१ जनामा संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा ९ सय ८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए । मकवानपुरमा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०