Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा आजदेखि सरकारी कार्यालय खुल्ने

cdo-1624763630.jpg

मकवानपुरमा आजदेखि सबै सरकारी कार्यालयले आफ्नो सेवा सुरु गर्ने भएका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णयानुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको हो ।

केन्द्र संयोजक तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार एक हजारभन्दा धेरै कोभिड–१९ का सक्रिय संक्रमित कायम रहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरूलाई परिपत्र गरिएको हो । ‘जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनेका छौं’, प्रजिअ पाण्डेले भने ।

प्रशासनले समेत बार अनुसार सेवा प्रवाह गर्न सुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई त्यहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन आग्रह गरिएको छ । प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत् जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको उनले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०