Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा सवारी साधनमा जोरविजोर प्रणाली

jpk-1619164036.jpg

कोरोना भाइरसको बढ्दो संक्रमणले गर्दा मकवानपुरमा कडाई सुरु भएको छ । नेपाल सरकारले जिल्लामा गरेको परिपत्र अनुसार भीडभाड नगर्ने, माक्स अनिवार्य प्रयोग गरिनुपर्ने, शैक्षिक संस्था बन्द लगायत विभिन्न निर्णय भए सँगै हेटौंडामा झन कडाईका साथ सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्ने भएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले बजारभित्र सवारी साधनको उच्चचाप बढेकाले (आइतबार) १२ गतेबाट लागु हुने गरी नीजि सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । निजी सँगै अटो, ईरिक्सा, मयुरी, म्याजिक र टेम्पोलाई समेत जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

यस निर्णय सँगै प्यार्टी प्यालेस, वैशाख मसान्त सम्म शैक्षिक संस्था, बनभोज खाने पार्कहरु बन्द गरिनुका साथै सार्वजानिक स्थलमा माक्स नलगाई हिड्नेलाई संक्रमण रोग ऐन, २०३० बमोजिम कारवाहीको लागि प्रजिअ समक्ष सिफारिस गरिने जनाइएको छ । बैठकले सहायक प्रजिअको संयोजकत्वमा अनुगमन समिति तयार पारी अनुगमनलाई तिव्र रुपमा गरिने जनाइएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी सहित स्थानीय तहका प्रमुख तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif