Saturday, 15th August, 2026
वि.स.

मकवानपुरमा काेराेना पुष्टि भएको दुई दिनमै एक महिलाको मृत्यु

1617769617_Nepal-corona-d-1627635014.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको दुई दिनमै एक संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा-१८ की ४८ वर्षीया महिला रहेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झा ले जानकारी दिए ।

झाका अनुसार महिलामा दुई दिन अघि साउन १३ गते एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनलाई हिजो साउन १४ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको १५ साउन बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको अधिकारी झाले बताए । यो संगै जिल्लामा जिल्ला भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif