nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका १९ मतदान स्थल अतिसंवेदनशील

banner__1667463566-1667466375.jpg

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागमती प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरमा १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । आज १७ कात्तिकमा  जिल्ला प्रशासन कार्यालय मकवानपुरले संचारकर्मीहरुसंग राखेको अन्त्ररक्रिया कार्यक्रममा सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

उनले ६० वटा मतदान स्थलहरु संवेदनशील र बाँकी ८० वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेको जानकारी दिए । अन्य बाँकी मतदान स्थल तथा मतदान केन्द्रहरूको निरीक्षण गर्ने काम जारी रहेको छ ।

निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो । विगतको निर्वाचनमा भएको विवाद, भौगोलिक, सुरक्षा विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।

निर्वाचनका लागि मकवानपुरको जिल्लाको क्षेत्र नं। १ र २ मा गरी करिब ३६४ वटा मतदान केन्द्र तोकिएको छ । यसैगरी, जिल्लामा ३ लाख ७ सय ३७ मतदाताहरु कायम रहेको कार्यालयले जनाएको छ । यस्तै, थप सुरक्षा व्यवस्थाका लागि जिल्लामा १ हजार ६ सय ९९ म्यादी परिचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचार–प्रसारमा पनि तीव्रता दिइरहेका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)