Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरगढीमा कृषि यन्त्र तथा उपकरणहरु हस्तान्तरण

मकवानपुरगढी गाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।

गाउँपालिकाले २९ असारमा एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले कल्टिभेटरसहितको ठूलो ट्रयाक्टर २ वटा, मिनि टिलर २७ वटा, मकै छोडाउने मेशिन २० वटा र हाते मकै रोप्ने मेशिन २० वटा वितरण गरेको हो ।

कार्यक्रमबाट ५ वटा कृषि सहकारी, १६ वटा कृषक समूह र १२ वटा कृषि फर्मसहित कृषकहरु लाभान्वित भएको गाउँपालिकाका कृषि शाखा प्रमुख  चन्द्रकान्त चौधरीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, टीकाप्रसाद दाहाललगायतको सहभागिता थियो ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०