nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरगढीमा एमाले बिजयी

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । एक सय ६१ मत अन्तरले एमालेका बिदुर हुमागाँई गढीपालिका प्रमुखमा बिजयी भएका हुन् । हुमागाईले तीन हजार आठ सय १४ मत सहित जित हात पारेका हुन् । उनका निकट्तम प्रतिद्धन्दी नेपाली काँग्रेसका दोर्जे लामाले तीन हजार छ सय ५३ मत पाए । नेकपा माओवादी केन्द्रका भिम पाख्रिनले एक हजार छ सय ३३ र राप्रपाका खिलप्रसाद चौलागाईले नौ सय ५० मत पाए ।

उपप्रमुखमा पनि एमालेकै हर्कमाया रुम्बा बिजयी भएकी छिन् । रुम्बाले झिनो मत अन्तरले नेपाली काँग्रेसकी मन्दिरा केशीलाई पराजित गरेकी हुन् । रुम्बाले तीन हजार सात सय १७ मतले बिजयी हुँदा केशीले तीन हजार सात सय सात मतमा चित्त बुझाईन् । उपप्रमुखमै माओवादी केन्द्रकी राधिका तिमल्सिनाले एक हजार पाँच सय ९९, राप्रपाकी हिरादेवी हुँमागाईले आठ सय ९८ मत पाए ।

एमालेले गढीको वडा नम्बर ३, ४, ५, ६ मा र काँग्रेसले १, २, ७ र ८ नम्बर वडामा जित हासिल गरेको छ ।

मकवानपुरमा रहेका हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकामध्ये मत गणना सकिनेमा गढी पहिलो हो ।
 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg