Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरगढीका मल विक्रेता सहकारीलाई तालिम

FB_IMG_1627398539729-1627399259.jpg

मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा गाउँपालिका भित्र रहेका मल बिक्रेता सहकारीका अध्यक्ष र प्रबन्धकहरुलाई मल खरिद बिक्री व्वस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण तालिम १२ साउनमा सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा न. १ देखि ८ सम्मका १३ वटा मल बिक्रेता सहकारीहरुको सहभागीतामा तालिम संचालन भएको हो । तालिममा कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख बल बहादुर पन्त, सहायक प्रबन्धक बिष्णु गौतम, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहजीकरण गरेका थिए ।

तालिमपछि अब मल बिक्रेता सहकारीहरुले विद्युतीय प्रणालीमार्फत् खरिद बिक्रीको रेकर्ड राख्न सहयोग पुग्ने मकवानपुर गढी गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चाैधरीले बताए । 

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईँको सभाध्यक्षतामा भएकाे कार्यक्रममा कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौडाका प्रमुख बलबहादुर पन्त, सहायक प्रबन्धक बिष्णु गौतम, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि विकास शाखाका कर्मचारी र मल बिक्रेता सहकारीका अध्यक्ष र प्रबन्धकहरुको उपस्थति रहेकाे थियाे। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif