Thursday, 2nd July, 2026
वि.स.

मकवानपुरगढीका कृषकलाई किसान कार्ड वितरण

FB_IMG_1625843554379-1625844442.jpg

साना तथा सीमान्तकृत कृषकहरुमाझ वित्तीय पहुँच पुर्याउने उदेश्यले २५ असारमा मकवानपुरगढीका कृषकहरुलाई  किसान कार्ड वितरण कार्य शुरु गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई र ३ नम्बर  वडाध्यक्ष भागवत घिमिरेले किसानहरुलाई कार्ड वितरण गरेका हुन् । मकवानपुरगढीमा आयाेजित एक कार्यक्रममा ८ जना महिला र १७ जना पुरुष गरी २५ जना कृषकलाई किसान कार्ड वितरण गरिएकाे गाउँपालिकाका कृषि  शाखा प्रमुख चन्द्रकान्त चाैधरीले जानकारी दिए । 

नेपाल बङ्गलादेश बैंक लि. मकवानपुरगढी शाखाका प्रबन्धक बद्रिबिक्रम थापाको सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रम  गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता तथा  वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यतामा भएकाे हाे । साे कार्यक्रममा  मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि का अध्यक्ष अर्जुन प्रसाद दाहाल र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको आतिथ्यता रहेको थियो ।

नेपाल बंगलादेश बैंक लि., आर.एण्ड डि.ईनोभेटिभ सोलुशन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति बीच भएको चौपक्षीय सम्झौताबमोजिम किसान कार्ड वितरण गरिएको हो ।

कार्यक्रमअन्तर्गत  प्रतिकिसान दुई लाखका दरले विना धितो सहुलियत व्याज दरको कृषि कर्जा उपलब्ध गराइएको छ ।

अगामी दिनमा थप कृषकहरुलाई समेटेर बित्तीय पहुँच पुर्याई कृषि तथा पशुपालन क्षेत्रमा थप व्यवसायिक बनाउने लक्ष्य लिइएकाे छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०