Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरको सामुदायिक वनमा मानव कंकाल भेटियो

kkk-1621247779.png

मकवानपुरको बकैया गाउँपालिकाको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ ।

आइतबार बकैया-८ का स्थानीयले जंगलमा च्याउ खोज्ने र शिकार खेल्ने क्रममा गाउँपाकिलाको वडा नंबर ८ को बकैया ठाकुर सामुदायिक वनमा मानव कंकाल फेला पारेका हुन् । मानव कंकाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्‍वर रिमालले उक्त वनमा मानव कंकाल जस्तो खप्पर फेला परेको बताए ।प्रवक्ता रिमाले घटनाको थप अनुसन्धान हुने बताए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif