Thursday, 27th August, 2026
वि.स.

मकवानपुरको भिमफेदीमा सुमो पल्टियो

sumo-1616854741.jpg

 भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिकामा शुक्रबार साँझ सुमो दुर्घटना भएको छ। काठमाडौंबाट बिरगन्जको लागि छुटेको ना १ ज ६४४३ नम्बरको सुमो सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जना मात्रै सामान्य घाईते भएको कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाईते दुईजनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

७ जना यात्रु लिएर सवार सुमोमा गाउँपालिकाको वडा नं.६ जुरिखेतमा तिब्रगतीको कारण सडकमै नियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । सुमो र सुमो चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif