Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरको बैंकहरु हप्ताको तीन दिनमात्रै खुल्ने

jilla-prasasan-1619539779.jpg

मकवानपुर जिल्लामा संचालन भएको सरकारी तथा निजी सबै क्षेत्रका बैंकहरु अब हप्ताको तीन दिन मात्र खुल्ने भएको छ । १४ वैशाखमा बसेको जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले १५ बैशाख बाट लागू हुने गरी उक्त निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार, कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै १४ वैशाखदेखि लागू हुने गरी हप्ताको तीन दिन बिहान ११ बजेदेखि दिनको २ बजेसम्म मात्र खुलाउने व्यवस्था गरिएको हो । उक्त बैकहरु आलोपालोका साथ संचालन गर्ने भएको हो ।

सौथ, उक्त बैठकले एटिएम सेवा भने २४ घण्टामा नै संचालनमा ल्याउनेसमेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

यसैगरी, जिल्लामा संचालित सबै सहकारी संस्थाहरु पनि भोलिदेखि अर्को सूचना नआएसम्मको लागि हप्ताको तीन दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै संचालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif