nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको थाहामा काँग्रेस माओवादी गठबन्धनलाई पछिपार्दै एमाले अघिअघि

Nibachan-2074-(1)-1494819720.jpg

मकवानपुरको थाहा नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेको अग्रता रहेको छ । १२ वटा वडा रहेको थाहामा १ जेठ विहान १ बजेबाट मत गणना शुरु भएको हो । 

थाहाको ५ नंम्बर वडाको मतगणना शुरु भइरहेकोमा अहिलेसम्म अाठसय मतगणना भएको छ । मतगणना अनुसार नगर प्रमुखका उमेद्वार विष्णु प्रसाद ढकालको ३ सय १७ मत पाएकाछन् भने उनका प्रतिद्वन्द्धी माओवादी केन्द्रका लवशेर विष्टले २ सय ५९ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकी कल्पना बलामीले ३ सय ७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका खड्ग गोपालीले २ सय ८ मात्र मत प्राप्त गरेकाछन् । 

स्थानीय तह निर्वाचनका लागि थाहा नगरपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच गठबन्धन भएको थियो ।

-अच्युत विडारी/थाहानगर









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg