Thursday, 27th August, 2026
वि.स.

मकवानपुरका ५ स्थानीय तहमा अस्पताल निर्माण हुँदै, १५ मंसिरमा शिलान्यास

HP-1606653859.jpg

मकवानपुरको पाँच स्थानीय तहमा अस्पताल बन्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लगानीमा बन्ने अस्पतालहरुको स्रोत सुनिश्चतताको पत्र पालिकाहरुलाई पठाइ सकेको छ । सबै अस्पतालहरुको १५ मंसिरमा एकसाथ शिलान्यास हुने भएको छ । 

थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५/१५ शैय्याको, कैलाश र राक्सिराङ गाउँपालिकामा १०/१० शैय्याको र इन्द्रसरोवर गाउँपालिकामा ५ शैय्याको अस्पताल निर्माणका लागि १५ मंसिरमा शिलान्यास गरिने भएको हो । 

थाहा नगरपालिकामा मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । थाहा नगर प्रमुख लवशेर बिष्टका अनुसार थाहा नगरपालिका वडा नम्वर ४ क्याम्पाडाँडामा अस्पताल निर्माण गरिने भएको हो । अस्पतालको लागि डिपिआर तयार भइसकेको छ ।

मनहरी गाउँपालिकामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पताल शिलान्यास गर्ने भएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif