Thursday, 27th August, 2026
वि.स.

मकवानपुरका स्व. पत्रकार गौतमलाई विजयबाबु स्मृति पत्रकारिता पुरस्कार

gautam-1-1606546170.jpg

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ स्व. पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिने भएको छ ।  स्व विजयबाबु खत्रीको नवौँ स्मृति दिवसमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लि.का अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमलाई पुरस्कार दिने घोषणा गरेकी हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित छनोट समितिले स्व.पत्रकार गौतमलाई दोस्रो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराइन् ।२०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरी घोषणा गरिएको पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ । पुरस्कार मंसिर २४ गते प्रदान गरिनेछ ।

मकवानपुरको छतिवन घर भएका पत्रकार गौतमको ३१ वर्षको उमेरमा यही मंसिर ४ गते निधन भएको हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif