Monday, 5th October, 2026
वि.स.

मकवानपुरका स्थानीय तहको को को तोकिए निर्वाचन अधिकृत ? (हेर्नुहोस् नामावली)
मकवानपुरका अधिकृतलाई चैत्र २८ र २९ गते तालीम

निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत नियुक्त गरेको छ । यसैक्रममा मकवानपुरका १० वटै स्थानीय तहका लागि निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुको नामावली प्रकाशन गरिसकेको छ । 

आयोगले यहि २५ चैत्रदेखि लागू हुने गरी निर्वाचन अधिकृत तोकेको जनाएको छ । तोकिएका निर्वाचन अधिकृतहरुको नियुक्ति २५ चैत्रबाट लागू हुने सूचनामा उल्लेख गरिएको छ ।

आयोगले ६६९ जनालाई निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृत तोकिएका जिल्ला न्यायाधीशहरुले समेत एक एक स्थानीय तहमा निर्वाचन अधिकृतको रुपमा काम गर्नुपर्नेछ । आयोगले निर्वाचन अधिकृतलाई वैशाख १२ गतेसम्म आफूलाई खटाएको स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्न भनेको छ  ।

यसैबीच तोकिएका निर्वाचन अधिकृतहरुको लागि प्रशिक्षणको मिति पनि निर्वाचन आयोगले तोकेको छ । ताकिएको मिति अनुसार मकवानपुर र सर्लाही जिल्लाको तालिम हेटौंडामा यहि चैत्र २८ र २९ गते हुने भएको छ ।

मकवानपुरका स्थानीय तहमा को को तोकिए निर्वाचन अधिकृत ?


देशभर को को तोकिए निर्वाचन अधिकृत हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०