Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका सात सहित १७ निर्माण कम्पनी कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढ्यो

4-1601204648.jpg

लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौताबमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही प्रक्रिया शुरुआत गरेको छ । कार्यालय प्रमुख योगेश सुमनले विसं २०६६ चैत अर्थात् ११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरे पनि सम्पर्कमा नआएकाले बाध्य भई कारवाहीमा जानु परेको जानकारी दिए ।

कालो सूचीमा राख्ने प्रक्रियाअन्तर्गत मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौंका एक निर्माण व्यवसायी कम्पनी छन् । ती कम्पनीसँग आर्थिक वर्ष २०६५र०६६ देखि २०७०र०७१ सम्मको सम्झौता रहेको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५९ अनुसार सम्झौता अन्त्य गरेको कार्यालयले जनाएको छ ।

बैँक जमानत जफत गरी बाँकी कामको रकम असुलउपर गर्ने र कालो सूचीमा राखी कारवाही प्रक्रिया बढाउने निर्णय भएको कार्यालय प्रमुख सुमनले जानकारी दिए ।

त्यस्तै सम्झौता गरेर काम नगर्ने थप अन्य निर्माण व्यवसायी कम्पनीलाई पनि कारवाहीको दायरामा ल्याइने कार्य भइरहेको जनाइएको छ । निर्माण व्यवसायी हरिराम शाहले ठेकेदार कम्पनीको अस्वस्थ प्रतिस्पर्धा तथा बोलपत्र तल झरेर काम लिने र काम गर्न नसकेपछि सम्पर्कमा नआउने प्रवृत्तिसमेत रहेको बताए । एकैपटक धेरै बोलपत्र लिने र आफूले गर्न नसकेपछि अरुलाई दिने पनि समस्या रहेको प्राविधिकको भनाइ रहेको छ । रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०