Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरका लो ११ वर्षपछि पक्राउ

मकवानपुर जिल्ला अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका एक जनालाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको चुरियामाई घर भएका ३९ वर्षीय सानुकान्छा लोलाई २५ असारमा पक्राउ गरेको हो । 

मकवानपुर जिल्ला अदालतले लोलाई १३ मंसिर, २०६७ मा वन पैदावार ओसारपसार मुद्दामा एक वर्ष कैद र रु. ३४ हजार ४१९ जरिवानाको फैसला सुनाएको थियो । त्यही बेलादेखि फरार लोलाई प्रहरीले २५ असारमा हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १५ बाट पक्राउ गरी जिल्ला अदालतमा बुझाएको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०