Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरका मन्दिर खुला छैन, अटेर गरे कारवाही हुन्छ :प्रजिअ पाण्डे

IMG_20210718_191827-1626615574.jpg

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले मकवानपुरका मन्दिर खुला नगरेको बिषयमा जिल्ला प्रशासन कार्यालयले मकवानपुरले जानकारी गराएको छ ।विशेष गरेर साउने सोमबार शिव मन्दिरमा दर्शनार्थीहरूको भिड बढ्ने भएको र भिडले कोरोना जोखिम बढाउन सक्ने भन्दै मकवानपुर प्रशासन कार्यालयले मन्दिर खुला नहुने जनाएको हो । 

सबै मन्दिर व्यवस्थापन समितिलाई मन्दिर खुला नगर्न सचेत गराइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताएका छन। 

निषेधाज्ञा जारी भएदेखि जोखिमलाई मध्यनजर गरेर  सर्वसाधारणलाई मन्दिर नखुल्ने अवगत गराइएको भन्दै प्रजिअ पाण्डेले प्रशासनको सूचनालाई अटेर गरी जबर्जस्ती गरे कारवाही गरिने बताए ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरले मन्दिरको आफ्नो नियमित आरती बाहेक हालसम्म सर्वसाधारणका लागि मठ मन्दिर खुला गर्न अनुमति नदिएकोले साउने सोमबार मकवानपुरका शिवालय खुला नहुने  मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन्। 

३१ असारमा  बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरका मठ मन्दिर सर्वसाधारणको दर्शनका लागि खोल्न नपाइने निर्णय गरेको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif