Sunday, 16th August, 2026
वि.स.

मकवानपुरका बिद्यालय तथा क्याम्पस २० भदौबाट खुल्ने

school_g3eeLqGLEV-1024x60-1630587240.jpg

मकवानपुरका शैक्षिक संस्था  यही २० भदाैबाट सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले जिल्लाका बिद्यालय तथा क्याम्पसहरु यही २० भदौबाट सञ्चालन गर्ने निर्णय गरिएको हो ।

मकवानपुरका दश वटै स्थानीय तहमा आउँदो आइतबारबाट विद्यालय खोल्ने निर्णय भएको शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख प्रेमराज खरेलले जानकारी दिए ।

जिल्लाका दश वटै स्थानीय तहले आफ्ना वडाहरुमा कोरोना संक्रमणको अवस्थालाई हेरेर खोल्न सक्ने छन् । कुनैपनि शैक्षिक संस्थाहरुले कोरोना संक्रमणका सबैखालका सुरक्षाका उपाय अपनाएर मात्र बिद्यालय खोल्न पाउने उनले बताए । कोरोना संक्रमणका कारण बैशाख महिना देखि बिद्यार्थी बिद्यालय र क्याम्पसमा जान सकेका छैनन् । विद्यालयसँग सम्बन्ध रहेका विभिन्न संगठनले तयार पारिएको आचारसंहिताको प्रतिवेदन जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकमा प्रस्तुत गरिएपश्चात आइतबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो ।

बैठकले मकवानपुरमा रहेका स्थानीय तहमा रहेको शिक्षा समितिलाई विद्यालय सञ्चालन गर्ने/नगर्ने सम्पूर्ण अधिकार दिएर आइतबारबाट विद्यालय खोल्ने निर्णय भएको हो । नगर/गाउँपालिकामा रहेका शिक्षा समितिले अब बैठक बसी आफ्नो स्थानीय तहको क्षेत्रमा विद्यालय खोल्ने छलफल गरी सञ्चालन गरिने प्रशासनले जनाएको छ ।

लामो समयदेखी विद्यार्थी इन्टरनेटको पहुँच भएको स्थानमा अनलाइनबाट अध्ययन गरिरहेका छन् भने पहुँच नभएका विद्यार्थीहरु पढ्नबाट बन्चित भइरहेको अवस्था रहेको थियो । शिक्षा समितिको निगरानीमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुरु गरिने जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०