Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन निर्माण

i-1621075534.jpg

कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएका बेला मकवानपुरका नौ स्थानीय तहले आइसोलेशन कक्ष तयार पारेका छन् । दश स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य सबै पालिकाले आइसोलेशन निर्माण गरेका हुन् ।

इन्द्रसरोवरमा आइसोलेशनका लागि आवश्यक सामग्री आइसके पनि स्थापना गरिने स्थानको टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बताए । इन्द्रसरोवरमा अहिले कोरोनाका सक्रिय सङ्क्रमित १५ जना छन् । मकवानपुरमा अहिले दुई हजार २४ सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif