Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका दुई सहित तीनको दुर्घटनामा परी ज्यान गयो

Accident-1608731754.jpg

सवारी दुर्घटनामा परी मकवानपुरका दुई सहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुुर, हेटौंडा उमहानगरपालिका वडा नं.१७ का चालक ४५ वर्षीय सुरेश भुजेल, सोही स्थानका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्साको ठोरी घर भएका ५० वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा मकवानपुरका भुजेल र श्रेष्ठ सहित तीन जनाको मृत्यु भएको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ को भोक्रेफाँटस्थित सेती भिरबाट आज बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए । दुर्घटनाको कारण पत्ता नलागे पनि ट्रक अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थल पूर्व पश्चिम राजमार्गको गैंडाकोटबाट करिब ३५ किलोमिटर उत्तरमा पर्दछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०