Thursday, 20th August, 2026
वि.स.

मकवानपुरका दुई फरार प्रतिवादी पक्राउ

pakarau-1611821509.jpg

 मकवानपुर प्रहरीले फेरी दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका वडा नं. ४ बस्ने ३२ वर्षीय नविन स्याङतान र मनहरी गाउँपालिका वडा नं. ४ बस्ने ४० वर्षीय लालचन्द्र प्रजा रहेका छन् ।

स्याङतानविरुद्ध जिल्ला अदालत मकवानपुरको विंस २०७६ भदौ २२ गतेको फैसलाले यौन दुरुपयोग मुद्धामा २ महिना ४ दिन कैद फैसला गरेको थियो । त्यस्तै विंसं २०६८ कार्तिक ६ गते जिल्ला अदालत मकवानपुरको फैसला अनुसार सवारी ज्यान मुद्धामा प्रजाले २ हजार जरीवाना भुक्तान गर्न बाँकी रहेको थियो ।

प्रहरीले  दुबै जनालाई माघ १४ गते पक्राउ गरेको थियो ।  प्रजालाई जरिवान भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको  र स्याङतानलाई कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०