Monday, 24th August, 2026
वि.स.

मकवानपुरका थप २ संक्रमितको मृत्यु

corona-death-1623824800.jpg

 मकवानपुरमा थप २ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचारत हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका भित्रका एकएक जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा १३ को ६७ वर्षीया रहेकी छ् । उनको हिजो असार १ गते दिउँसो ४ बजे उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मृतक महिलामा जेठ २८ गते कोरोना पुष्टि भएको र सोहि हटौंडा अस्पताल भर्ना गरिएको थियो ।

यसैगरि मृत्यु हुनेमा भीमफेदी ९ को ३१ वर्षीया महिला रहेकी छन् । उनको जेठ ३१ गते राति उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  उनलाई जेठ २४ गते कोरोना पुष्टि भएको र सोहि दिन उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif