Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका तीन फरार प्रतिवादी पक्राउ

pakarau-1612436002.jpg

 मकवानपुरमा बुधबार तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१६ बस्ने ४५ वर्षीय प्रेम बहादुर स्याङतान, मनहरी–९ बस्ने ४८ बर्षीय हरीकृष्ण न्यौपाने र मनहरी–९ बस्ने ४२ बर्षीय भेष बहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्याङतानलाई जिल्ला अदालत मकवानपुरको विसं २०७० असार ३१ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र २ लाख ६४ हजार जरिवान तोकेको थियो ।

त्यस्तै र न्यौपाने र अधिकारीलाई जिल्ला अदालत मकवानपुरको विसं २०७१ असार २३ गतेको फैसलाले वन मुद्दामा १८र१८ दिन कैद र १९ हजार ७५०र१९ हजार ७५० जरिवाना तोकेको थियो ।

तीनै जनालाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०