Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका किसानद्वारा आयाेग खारेजकाे बिराेध, थाहामा लगत सङ्कलन अन्तिम चरणमा पुगेकाे थियाे

rally-1024x361-1628429675.jpg

सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेको विरोधमा मकवानपुरका किसानले हेटौंडाको मुख्य बजार क्षेत्रमा बिरोध प्रदर्शन गरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि बनेको भूमि सम्बन्धी समस्या समाधान आयोगको विघटन विरुद्ध हेटौंडामा अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको हाे ।

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले आइतवार हेटौंडामा विरोध र्याली प्रदर्शन गरेको हो । महासंघले एमाले पार्टि कार्यालयबाट बुद्धचोकसम्म विरोध र्याली निकालेको थियो । सुकुम्वासीहरुलाई जग्गा दिनुको सट्टा लालपुर्जा वर्तमान सरकारले आयोगनै खारेज गरेको बिरोधमा प्रदर्शन गरिएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगालले बताए ।

सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोगनै खारेज गरेपछी मकवानपुर जिल्लाका भुमिहिन र अव्यवस्थित ४० हजार परिवारलाई समस्या परेको छ । जिल्लाका पाँच वटा स्थानीय तहका ४० हजार ४ सय ६९ जनाले आयोगमा निवेदन दिएका थिए । तर, अरु पाँच वटा स्थानीय तहको निवेदन संकलनको काम सुरु गर्नै लाग्दा यो खारेजपछि समस्या भएको भुमि सम्बन्धी समस्या समाधान आयोगका मकवानपुर अध्यक्ष रामेश्वर रानाले बताए । थाहामा लगत सङ्कलन कार्य अन्तिम चरणमा पुगेकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०