Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरका एक इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा

CIAA-Nepal-1594204441.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक रायविरुद्ध बुधबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका सञ्चालकबाट रायले १२ हजार रुपैयाँ घुस लिएको आरोप अख्तियारको छ ।

अनुसन्धानको क्रममा प्रहरी निरीक्षक रायले निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन रोकेर बारम्बार रकम असुली गर्ने गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif