nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मंगलदीपको थाहानगर सेवा केन्द्र खुल्यो, उद्घाटनकै दिन करोडको कारोबार !

Mangalaaaaaa-1631980676.jpg

मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र उद्घाटनको पहिलो दिनमै करिब १ करोडको कारोबार भएको छ । ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको मंगलदीपको मकवानपुर थाहानगरमा १ असोजमा सदस्य सेवा केन्द्र उद्घाटन भएको हो । 
सहकारीले उद्घाटनको पहिलो दिन १ सय ३ सदस्यहरुबाट ८५ लाख १ हजार ३ सय बचत संकलन भएको छ भने ६ लाख २ हजार ५ सय रुपियाँको सहकारीको शेयर लिएका छन् । 

ललितपुर र मकवानपुर जिल्लाभर नै सेवाक्षेत्र रहने गरी स्वीकृत पाएको मंगलदीपको थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौडाका सचिव डाक्टर मतिना जोशी वैद्ये उद्घाटन गरेकी हुन् । 

ललितपुरको ठैबमा पहिलो सेवा केन्द्र विस्तार गरेको मंगलदीपको थाहानगरको सदस्य सेवा केन्द्र दोस्रो हो । अब थाहानगरबासीले मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेको सेवा नियमित पाउने व्यवस्थापक गणेश विष्टले जानकारी दिए । 

ललितपुर जिल्लामै उत्कृष्ट ख्याती कमाएको मंगलदीपको उद्घाटन कार्यक्रममा कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका रजिष्टार विक्रम पाण्डेयको विशेष आतिथ्यमा भएको थियो । उद्घाटन कार्यक्रम सहकारीका अध्यक्ष नवराज बिष्टको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सहकारीको सेवा केन्द्र उद्घाटन गर्दै मन्त्रालयकी सचिव वैद्येले सफलताको शुभकामना व्यक्त गरिन् । सहकारीले सदस्यहरुको मन जितेकै कारण सेवा क्षेत्र समेत विस्तार गर्न सक्षम भएको हुँदा सहकारीमा गरिएको लगानी र सेवा आफ्नै भएको सचिव वैद्येले बताइन् । कार्यक्रमका सभाध्यक्ष तथा सहकारीका अध्यक्ष बिष्टले मंगलदीप बचत तथा ऋण सहकारीबाट दिइने सेवा तथा कार्य विवरणको विषयमा सदस्यहरुलाई जानकारी दिएका थिए । कार्यक्रममा अध्यक्ष विष्टले भने–‘थाहानगर ग्रामिण क्षेत्र, कृषि, पर्यटन, र व्यापारमा आधारित क्षेत्र भएकोले बजारको बचत गाउँमा लगानी गर्ने योजना रहेको छ ।’

मंगलदीपको मोबाईल बैंकिङ सुविधाबाट नै रेमिट गर्न सकिने, कनेक्ट आई.पि.एस. गर्न सकिने, सिधै खाताबाट वालिटमा लोड गर्न सकिने लगायतका विभिन्न सेवाहरु रहेको छ । 

यस्तो छ, मंगलदीपको परिचय

ललितपुरको लगनखेल मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना वि.सं. २०७१ साल चैत्र ९ गते भएको हो । लामो समय सहकारीमा अनुभव प्राप्त तथा व्यवस्थापकीय ज्ञान भएका व्यक्तिहरुको समूहले शुरु गरेका हुन् । यस सहकारीले, सहकारीको आधारभूत मान्यतालाई आत्मसात गर्दै सेवा प्रवाह गरिरहेको छ ।

सहकारीले सदस्यहरुबीचको सम्बन्धलाई आर्थिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक तथा साँस्कृतिक हिसाबले समेत चेतनास्तरमा अभिवृद्धि गरी शिक्षा स्वास्थ्य रोजगार लगायत सामाजिक जीवनका विभिन्न सकारात्मक पक्षहरुमा सहकारीका माध्यमबाट नयाँ आयाम कोर्ने दृढ संकल्प गरेको छ । निक्षेपमा आकर्षक व्याज दिने, उत्पादनमुलक क्षेत्रको पहिचान गरी सुरक्षित र छिटो छरितो तरिकाले सर्वसुलभ कर्जा प्रवाह गर्ने सहकारीको नीति रहेको छ । आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउने सहकारीको लक्ष्य रहेको छ ।

सदस्यहरुलाई नियमित बचत गर्ने बानी बसाल्ने तथा उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक सवलीकरण गराउने र सदस्यको आर्थिक तथा सामाजीक जीवनमा टेवा पु¥याउने मंगलदीपको उद्देश्य रहेको छ । 

निःशुल्क खाता, आकर्षक व्याज दर

मंगलदीपले आफ्नो सदस्य हुन चाहने ग्राहकको खाता निःशुल्क खोलिदिने जनाएको छ । सहकारीको थाहानगर सदस्य सेवा केन्द्रको अवसरमा यस्तो जानकारी दिइएको हो । 

सहकारीले निक्षेप संकलनमा न्यूनतम ५ प्रतिशतदेखि १३ प्रतिशतसम्म व्यज दिने जनाएको छ । सहकारीमा सदस्यहरुले दैनिकको अलवा साप्ताहिक र मासिक समेत बचत गर्न सक्नेछन् । सहकारीले आफ्ना सदस्यलाई बचतका लागि कुनै परिधि बनाएको छैन । सदस्यले आफूले जतिपनि रकम जम्मा गर्न र जम्मा रकम झिक्न सकिने व्यवस्था गरेको छ । बचतमा ३÷३ महिनामा ब्याजको गणना गरिने संस्थाले जनाएको छ । 

संस्थाले मुद्दती, क्रमिक आवधिक बचत, ३६५ दिन बचत योजना, महिला उद्यमी बचत योजना, मंगलदीप विशेष बचत, बाल भविष्य बचत, ज्येष्ठ नागरिक बचत लगायतको बचत सुविधा प्रदान गर्ने अध्यक्ष नवराज विष्टले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)