Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मंगलदीप साकाेसले दियाे लकडाउनकाे २५% सम्म व्याजमा छुट

PhotoGrid_1624548559939-1624548600.jpg

ललितपुरमा रहेकाे मंगलदिप बचत तथा ऋण सहकारी संस्था लि. ले निशेधाज्ञा शुचारु भएको २०७८ बैशाख १६ गतेदेखि असार मसान्तसम्मको कर्जाको व्याज छुट र  हर्जाना मिनाहा गर्ने भएको छ । जस अनुसार यही असार २० गतेेभित्र कर्जाको सावाँ र व्याज भुक्तानी गरेमा १० प्रतिशत र यही असार २८ गतेभित्र कर्जाको साँवा र व्याज भुक्तानी गरेमा ५ प्रतिशत र निशेधाज्ञा अवधिदेखि असार मसान्तसम्मकै व्याज मात्र बुझाएमा हर्जाना मिनाहा गरिने सो संस्थाका अध्यक्ष नवराज विष्टले बताए । "हाम्रो यस संस्थाले निर्धारण गरेको समयभित्र खराब ऋणको सावाँ र व्याज भुक्तानी गरेमा पाकेको व्याजमा २५ प्रतिशत छुट र हर्जाना मिनाहा गर्ने निणर्य भएको" उहाँको भनाई छ ।
ललितपुरकाे प्रयाग पाेखरिमा रहेकाे 
यही असार ८ गतेदेखि नियमित कार्यालय सञ्चालन गर्न थालेको सो संस्थाले निशेधाज्ञा अवधिभर हप्ताको ३ दिन कार्यालय सञ्चालन गरेर आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरेको थियो भने अत्यावश्यक सेवाको आवश्यकता भएका आफ्ना शेयर सदस्यलाई निजको घरदैलोमै पुगेर सेवा प्रवाह गरेको जनाइएको छ ।