Monday, 17th August, 2026
वि.स.

भ्रष्टचार नियन्त्रण गर्न लागिपर्छु–खुलाल

घुस खान्न र दिन्न म पनि घुस खाँदीन र अरुलाई पनि दिन्न’ भन्ने नारा सहित २२ भाद्रमा भब्य रुपमा हेटौडामा ¥याली निकालीएको छ । बिभीन्न पाँच संघसंस्थाहरुको आयोजनामा भ्रष्टाचार न्युनिकरण गर्ने उदेस्यका साथ यो ¥याली निकालीएको हो । गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ मकवानपुर, सामुदायिक वनउपभोक्ता महासंघ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, दलित महिला संघ, डिईसी नेपाल लगायतकाको आयोजनामा ¥याली निकालीएको हो । 

हेटौडा उपमहानगरपालिका कार्यालयबाट निकालीएको ¥याली मानसचोक, लोकप्रिय ओरालो, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै बुद्धचोकमा गएर सभामा परिणत भएको थियो । सभालाई संबोधन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले भ्रष्टाचारको न्युनिकरण गर्नका लागि आफुहरु लागिपर्ने बताए । यो अभियानलाई जिल्लामा ससक्त ढंगले अगाढी बढाउनका लागि सबै लागिपर्नुपर्ने बताए ।  भ्रष्टाचार निमुल पार्नका लागि मकवानपुरका जनप्रतिनिधिहरु पनि अग्रसर भएर लाग्ने प्रमुख खुलालले बताए । कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले भ्रष्टाचार बिरुद्धको अभियानमा आफहरुको पनि साथ रहेको बताए । अभियानमा सुरुमा कम भएपनि पछी गएर ठुलो जमात हुने भएकाले अभियान आजैबाट आफैबाट सुरुवात गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले भ्रष्टाचार बिरुद्धको अभियानमा संचारक्षेत्रले निरन्तर कलमचलाई रहेको बताउनुभयो । पहिलेको तुलनामा सबैजसो क्षेत्र पारदर्सी हुँदै गएको र अझै पनि स्थानिय तहमा रहेर काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरु पारदर्सी हुन जरुरी रहेको बताउनुभयो । म पनि घुस खाँदीन र अरुलाई पनि दिन्न’ भन्ने ब्यानरमा कार्यक्रममा सहभागि हुनुभएका सबैले हस्ताक्षर पनि गरेका छन् ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif