Friday, 28th August, 2026
वि.स.

भैँसी चोेरेर फरार भएका व्यक्ति २४ वर्षपछि पक्राउ

pakarau-1610345225.jpg

 भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । 

सप्तरीको कन्चनरुप नगरपालिका-४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा बातरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिए । 

डीएसपी साहकाअनुसार पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। 

पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif