Wednesday, 26th August, 2026
वि.स.

भुजेल बिद्यार्थी मञ्चको राष्ट्रिय अध्यक्षमा ज्ञानु निर्वाचित

भुजेल बिद्यार्थी मञ्चको ऐतिहासिक चौथो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै २६ पौषमा सम्पन्न भएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको सभाहलमा भएको महाधिवेशनले भुजेल बिद्यार्थी मञ्चको इतिहासमा नै अध्यक्ष र महासचिवमा महिला सहित १३ सदस्य केन्द्रीय कमिटी निर्वाचित भएको छ ।

नयाँ कार्यसमितीको अध्यक्षमा ज्ञानु भुजेल उपाध्यक्षमा दुर्गा भुजेल, महासचिवमा लक्ष्मी भुजेल ,सचिवमा संगीता भुजेल रिजन भुजेल र गोकुल भुजेल, कोषाध्यक्षमा बसन्त भुजेल निर्वाचित भएकाछतन् । 

त्यसैगरी सदस्यहरुमा कोपिला भुजेल, करुणा भुजेल जीतबहादुर भुजेल, हरिकृष्ण भुजेल , सुवाष भुजेल र सुमित्रा भुजेल निर्वाचित भएका थिए भने नव निर्वाचित कार्यसमिती लाई निर्वाचन मण्डलका अध्यक्ष बुद्ध घर्तीले शपथ ग्रहण गराएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif