Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा भीरबाट लडेर महिलाको मृत्यु

d-body-1620883003.jpg

मकवानपुरको राक्सिराङमा भीरबाट लडेकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राक्सिराङ–६ सिलिङगे बस्ने ६८ वर्षिया कालिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रवक्ता रिमालका अनुसार, तामाङ आफन्तको घरबाट आफ्नो घर फर्कने क्रममा बुधबार साँझ सोही स्थानमा भीरबाट लडेकी थिइन् । भीरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि चितवनको भरतपुर अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा बिहिबार बिहान भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif