Wednesday, 26th August, 2026
वि.स.

भीमफेदी गाउँपालिलाई राजश्व वृद्धि गर्न जिससको सुझाव

bhimfedi-anugaman_2-1594393489.jpg

जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरद्धारा २६ असारमा भीमफेदी गाउँपालिकामा अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगतिलागायत स्थानीय तहमा आईपरेका समस्याहरुका विषयमा जानकारी लिनुका साथै समाधानका विषयमा छलफल गरिएको थियो । 

छलफलका क्रममा जिसस प्रमुख खुलालले स्थानिय तहहरुले राजस्व बृद्धि गर्ने तर्फ ध्यान दिन सुझाव दिए । उनले स्थानिय तहहरुले समाजको चिन्तनलाई परिस्कृत गर्दै सामाजिक क्षेत्रलाई व्यवस्थित गर्न साथै आफ्नो राजस्व बृद्धिका विषयमा ध्यान पु¥याउनु पर्ने बताए । 

राज्यको नयाँ संरचना अनुसार स्थानिय तहहरु एउटा ट्रयाकमा अगाडी बढेको अवस्थामा कोरोना माहामारीका कारण ब्रेक लागेको भन्दै सोहि अनुसारको अवधारण बनाएर अगाडी बढ्न उनले सबै स्थानीय तहहरुलाई सुझाव दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif