Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदी गाउँपालिका आफ्नै भवनमा सर्ने

229903509_548877026257530-1629040939.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका आफ्नै भवनमा सर्ने भएको छ । स्थानीय तह घोषणासंगै घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएकोमा आफ्नै भवनमा सर्ने भएको हो । ३२ साउनमा गाउँपालिका भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ । ४२ कोठे भवनको करिब ७ करोडमा ठेक्का आव्हान भएकोमा ४ करोड १२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । 

संघीयता कार्यानवयनका क्रममा स्थानीय तह घोषणा भएको पाँच वर्षपछि पालिकाले आफ्नै कार्यालय निर्माण सकेर सर्न लागेको हो । वि.संं. २०७४ सालमा स्थानीय तहमा जनप्रतिनीधि निर्वाचन पश्चात भवन निर्माण कार्य प्रारम्भ भएको हो । अब ३२ साउनबाट पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । भवन निर्माणका लागि सम्झौताको .. मा नै आर. एण्ड सि. जेभीले कम्पनीले निर्माण सम्पन्न गरेको हो ।

यसअघि भाडाको घरको एउटै कोठामा दुई भन्दा बढि शाखा राखेर सेवा प्रवाह गरिरहेको भिमफेदीले अब सहज रुपमा सेवा प्रवाह गर्ने जनाइएको छ । 

नौ वटा वडा रहेको भिमफेदीको वडा नम्बर ३ र ५ बाहेक अन्य वडा कार्यालय आफ्नै रहेको छ । यि दुई वडा कार्यालय भने भाडामा संचालनमा रहेको पालिकाले जनाएको छ । वडा नम्बर ५ को कार्यालय निर्माणका लागि जग्गा समेत दान प्राप्त भैसकेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०